Rule 12
विज्ञापन प्रकाशन
: (१) सशस्त्र प्रहरी सेवामा रहेको रिक्त पद पूर्ति गर्नको लागि आयोगले नेपालको विभिन्न भागमा प्रचार प्रसार हुन सक्ने गरी राष्ट्रियस्तरको पत्रपत्रिकामा देहायका विषयहरू खुलाई विज्ञापन प्रकाशन गर्नु पर्नेछ । यसरी विज्ञापन प्रकाशन भएको सूचना सञ्चारका अन्य माध्यम मार्फत समेत प्रकाशन तथा प्रसारण गर्न सकिनेछ ।
(क) पदको नाम,
(ख) आवश्यक सङ्ख्या,
(ग) दरखास्त दिने मिति र स्थान,
(घ) दरखास्त दस्तूर,
(ङ) आवश्यक न्यूनतम योग्यता,
(च) पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू,
(छ) सम्पर्क मिति र स्थान,
(ज) परीक्षाको तरिका,
(झ) अन्य शर्तहरू ।
(२) उपनियम (१) बमोजिम खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति हुने पदको विज्ञापन प्रकाशन गर्दा दरखास्त बुझाउनको लागि उम्मेदवारलाई कम्तीमा तीस दिनको म्याद दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको विज्ञापनमा भाग लिन चाहने उम्मेदवारले दरखास्त फाराम भरी आयोगले तोके बमोजिमको परीक्षा दस्तूर सहित विज्ञापनमा उल्लेख भएको स्थान र समयमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।
(४) एउटै पदको खुल्ला तथा समावेशी समूहमा समेत दरखास्त फाराम बुझाउँदा प्रति थप समूह बीस प्रतिशत रकम थप दस्तूर लाग्नेछ ।
(५) यस नियम बमोजिम सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि बिज्ञापन प्रकाशित भईसके पछि लिखित परिक्षाको नतिजा प्रकाशन हुनु भन्दा अघि सम्म र अन्य पदको लागि बिज्ञापन प्रकाशित भईसके पछि अन्तरवार्ताको नतिजा प्रकाशन नहुँदा सम्म रिक्त हुन आएको पदलाई सोही बिज्ञापनमा समावेश गर्न सकिनेछ ।